लाइफटाइम एचिभमेन्ट अवार्ड याङ्किला शेर्पालाई दिइएको छ । शेर्पा ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२३’ बाट सम्मानित भएकी हुन् । उनी स्नो लियोपार्ड ट्रेककी प्रबन्ध निर्देशक हुन् । न्यू बिजनेश एजले यस वर्ष ७ विधामा १३ महिलालाई सम्मान गरेको छ । ‘इन्टरप्राइजिङ वुमन अफ द इयर अवार्ड’बाट सम्मानित हुने महिला उद्यमीलाई जनही रू. ५१ हजारसहित पुरस्कृत गरिएको थियो । उक्त रकम नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले प्रायोजन गरेकी थिइन् ।
सम्मानित हुनेहरू
सात प्रदेशबाट ‘इन्टरप्राइजिङ वुमन अफ द इयर’ अवार्डबाट सम्मानित हुनेहरू
न्यू बिजनेश एजले यसअघि सन् २०२१ देखि नै महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको थियो । यसपटकको अवार्डको मुख्य प्रायोजक स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड रहेको थियो । कार्यक्रममा आइएमई लाइफ, सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड), साल्ट ट्रेडिङ कर्पोरेशन, माछापुच्छे« बैंक, सन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सीताराम दूध, सांग्रिला डेभलपमेन्ट बैंक, होन्डा ग्राजिया, कृषि विकास बैंक लिमिटेड, व्यञ्जन, न्यू भी रोथो र वल्र्डलिंकको सहयोग रहेको थियो ।
अवार्डका लागि छनोटका आधार
लाइफ टाइम एचिभमेन्ट अवार्ड
यस विधामा दूरदर्शी भिजन, ल्याएका नवप्रवर्तन, कम्तीमा ३० वर्षदेखि व्यवसायमा संलग्नता, व्यवसायप्रतिकोे लगाव, सार्वजनिक छवि जस्ता तत्त्वलाई स्वतन्त्र निर्णायक मण्डलले हेरेको थियो ।