काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच छूटसम्बन्धी सोमवार सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकका कार्डवाहक ग्राहक, बैंकका कर्मचारी र कर्मचारीका परिवारले हस्पिटलको ओपीडी सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवा लगायतका उपचार सेवामा छूट पाउने भएका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले दुवै संस्थाले आफ्ना सेवा सहुलियत दरमा उपलब्ध गराउने बताए । कार्यक्रममा हस्पिटलका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख रिको स्थापित, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरू आनन्द सुवेदी, अच्युत गौतम, वरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, प्रबन्धक हेमन्त जिसी, प्रबन्धक राजेश मानन्धर र सहायक प्रबन्धक ईश्वर उप्रेतीको उपस्थिति थियो ।