काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ‘समृद्धि बचत धमाका’ योजना ल्याएको छ । बचतकर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको संस्थाले जानकारी दिएको छ ।
यो योजना अन्तर्गत ग्राहकले आफ्नो बचतलाई ७१ महीना ५ दिनमा दोब्बर, ११२ महीना २३ दिनमा तीन गुणा, १६५ महीना ६ दिनमा पाँच गुणा र २१३ महीना १३ दिनमा आठ गुणासम्म बढाउन सक्नेछन् । साथै रेमिट्यान्स बचत धमाका योजना अन्तर्गत बचतकर्ताले बचतलाई ६५ महीना २८ दिनमा दोब्बर, ८९ महीना १४ दिनमा तीन गुणा, १३४ महीनामा पाँच गुणा र १६८ महीना २१ दिनमा आठ गुणासम्मको उच्चतम प्रतिफल पाउने बताइएको छ ।