काठमाडौं। प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । शुक्रवार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो ।
सीईओ मानन्धरले शुक्रवार नै बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । स्थापनाकालदेखि बैंकमा महाप्रबन्धकको रूपमा कार्यरत मानन्धर यसअघि यसै बैंकको कायममुकायम सीईओ थिए । उनको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरू गरेमा सीईओ मानन्धर राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन् ।