ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन बैंकको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

२०८० भदौ, ११  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत दुईजना मोबाइल बंैकिङ प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप एचआई–एमबीबाट अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्ने बताइएको छ । 

भदौ १ देखि शुरू भएको उक्त अफर भदौ ३१ गतेसम्म कायम रहने बैंकको भनाइ छ । मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्ने दुईजना प्रयोगकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत विजेता छनोट गरिने बताइएको छ । फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीमा मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रोत्साहन गर्ने विश्वास बैंकको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)