ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अल्पकालीन ब्याजदर सामान्य घट्यो

२०८० भदौ, १९  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। बैंक, वित्तीय संस्थाको अल्पकालीन ब्याजदरमा सामान्य गिरावट आएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा बढ्न नसकेपछि टे्रजरी बिल्स र अन्तरबैंक दर घटेको हो । 

सोमवार २० अर्ब ४ करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिल्स नवीकरणमा ब्याजदर घटेको छ । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिनको ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनको ७ अर्ब रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँ गरी कुल २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको छ । सोमध्ये सबै ट्रेजरीको डिस्काउन्ट रेट गत साताको तुलनामा घटेको छ ।

उक्त बोलकबोलबाट २८ दिनकोमा ६ दशमलव १२३१, ९१ दिनकोमा ६ दशमलव १६३५, १८२ दिनकोमा ६ दशमलव ४०९४ र ३६४ दिनकोमा ६ दशमलव ४३३१ प्रतिशत औसत ब्याजदर कायम भएको छ ।

यसअघि भदौ १२ गते जारी भएको २८ दिन अवधिको ट्रेजरीमा ६ दशमलव २०८४ प्रतिशत ब्याजदर कायम भएको थियो । यस्तै भदौ ५ गते निष्कासन भएको ३६४ दिन अवधिको टे्रजरीमा ६ दशमलव ४३९३ प्रतिशत ब्याजदर कायम भएको थियो । साउन ३० गते जारी भएको १२८ दिन अवधिको टे्रजरीको औसत ब्याजदर पनि ६ दशमलव ४८७६ प्रतिशत नै कायम भएको थियो ।

यसैगरी बैंकहरूबीचको कारोबारमा लाग्ने अन्तरबैंक ब्याजदर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार आइतवार अन्तरबैंक ब्याजदर ६ दशमलव ३१ प्रतिशत कायम भएको छ । अघिल्लो दिन अन्तरबैंक ब्याजदर ६ दशमलव ३५ प्रतिशत थियो ।

टे्रजरी बिल्स र अन्तरबैंक ब्याजदरलाई बजारको अल्पकालीन ब्याजदरका रूपमा लिइन्छ । यो ब्याजदर बढ्दा बैंकमा तरलता कम भएको र कम हुँदा तरलताको अवस्था सहज भएको बुझिन्छ ।

यो साताको पहिलो दिन आइतवार बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । वाणिज्य बैंकहरूको निक्षेप ४ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ६१ अर्ब कायम हुँदा विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप भने ६ खर्ब ७३ अर्बमा स्थिर छ ।

यसैगरी आइतवार बैंकहरूको कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले वृद्धि भई ४८ खर्ब ८२ अर्ब पुगेको छ । बैंकहरूको कर्जा निक्षेप अनुपात पनि सामान्य घटेर ८३ दशमलव ६२ प्रतिशत कायम भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)