काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बैंकिङ कारोबार भदौ २० गते पूर्णरूपमा बन्द हुने भएको छ । कम्पनीले सूचना जारी गर्दै कोर बैंकिङ सिस्टम प्रतिस्थापना गर्नुपर्ने भएकाले उक्त दिन बिहान ८ बजेदेखि भदौ २३ गते शनिवार राति १२ बजेसम्म (चार दिन) कारोबार बन्द हुने जानकारी दिएको हो ।
आफ्नो सेवालाई अझ परिस्कृत गर्नका लागि कम्पनीले कोर बैंकिङ सिष्टम प्रतिस्थापन गर्न लागेको बताएको छ । डाटा माइग्रेसनपश्चात् ग्राहकहरूको नयाँ खाता नम्बर कायम हुने र सोही नम्बरबाट साबिकबमोजिम कारोबार गर्न सकिने कम्पनीको भनाइ छ । साथै अन्य निकायहरू शेयर दलाल तथा हितग्राही खातामा ग्राहक आफैले नयाँ खाता नम्बर अद्यावधिक गराउनुपर्ने कम्पनीले जानकारी दिएको छ ।
बैंकिङ कारोबार बन्द रहने अवधिमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क राख्नसमेत कम्पनीले आग्रह गरेको छ । बैंकिङ कारोबार बन्द हुँदा ग्राहकहरूमा पर्न जाने असरप्रति कम्पनीले क्षमा मागेको छ ।