काठमाडौं। नेपाल एसबिआई बैंक र ओम्नी मोटर्सबीच कर्जा सहजीकरण सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्पोरेट क्रेडिट प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रवीण भट्टराईको उपस्थितिमा भएको सम्झौतामा बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र ओम्नी मोटर्सका सहनिर्देशक उदयन काब्राले हस्ताक्षर गरेका छन् ।
सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारीसाधनको कर्जा प्रक्रिया सहज बनाउनु रहेको बताइएको छ । बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिसका साथै १२२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।