ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ अंकले बढ्यो बजार, कारोबार ८७ करोडमा सीमित

२०८० असोज, १  
शेयर / बैङ्किङ गतिविधि लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सोमवार नेप्से परिसूचक शून्य दशमलव २१ प्रतिशत अर्थात् ४ दशमलव २१ अंक बढेको छ । यससँगै परिसूचक १ हजार ९६९ दशमलव १८ विन्दुमा पुगेको छ । आइतवार भने बजार ४२ दशमलव १४ अंकले घटेर परिसूचक १ हजार ९६४ दशमलव ९१ विन्दुमा झरेको थियो । 

सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशलमव १५ प्रतिशतले बढ्दा सेन्सेटिभ फ्लोट इन्डेक्स भने शून्य दशमलव १४ प्रतिशतले घटेको छ । 

आइतवारको तुलनामा बजार बढे पनि कारोबार रकम भने घटेको छ । यस दिन कारोबारमा आएका २७१ धितोपत्रको २८ लाख ७४ हजार २७५ कित्ता शेयर ४२ हजार २४ पटकमा ८७ करोड ४ लाख बराबरको शेयर कारोबार भएको छ । आइतवार भने २ अर्ब २ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएका धितोपत्रमध्ये सर्वाधिक शेयर मूल्य इमर्जिङ नेपाल लिमिटेडको बढेको छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर रू. १०५४ दशमलव ४० पुगेको छ । त्यस्तै, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर रू. ३७१ दशमलव ४० र भूगोल इनर्जी डेभलोपमेन्ट लिमिटेडको ८ दशमलव ७२ प्रतिशतले बढेर रू. २१२ पुगेको छ ।  

सोमवार सबैभन्दा बढी शुभम् पावर लिमिटेडका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८८७ दशमलव १० मा झरेको छ । यस्तै, पिपल्स पावर लिमिटेडको शेयर मूल्य ४ दशमलव ९६ प्रतिशतले घटेर रू. २२८ र समाता घरेलु लघुवित्तको ३ दशमलव ५१ प्रतिशतले घटेर रू.६२७ दशमलव २० कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. ९ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८९ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ४ करोड ३४ लाख बराबरको भएको हो । 

यस दिन कारोबारमा आएका १३ ओटा समूहमध्ये बैंकिङ परिसूचक घटेको छ । बैंकिङ परिसूचक शून्य दशमलव ४० प्रतिशतले घटेको हो । यस्तै, सबैभन्दा बढी व्यापार समूहको परिसूचक १ दशमलव ६० प्रतिशत बढेको छ । त्यस्तै जलविद्युत समूहको १ दशमलव ४ प्रतिशतले र फाइनान्स समूह शून्य दशमलव ९५ प्रतिशतले बढेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)