काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको करीब १४ हजार कित्ता शेयर विक्रीमा राखिने भएको छ । कम्पनीले जारी गरेको सूचनामा कम्पनीको संस्थापक समूहको १३ हजार ८९१ कित्ता शेयर असोज ८ गतेबाट विक्रीमा राखिने भएको हो ।
विक्रीमा राखिने उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ । कम्पनीको संस्थापक शेयरधनीहरूमध्ये इच्छुकले यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले शेयर खरीदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरीद आवेदन दिनुपर्ने उल्लेख गरिएको छ । बोलपत्र काठमाडौंको टेकुस्थित धितोपत्र विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा असोज २२ गतेसम्म पेस गर्न सकिनेछ ।