ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२२ अर्बभन्दा बढीले घट्यो कुल बजार पूँजीकरण, कारोबार रकम ५७ करोडमा सीमित

२०८० कात्तिक, १४  
शेयर / बैङ्किङ गतिविधि समाचार नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सोमवार सामान्य अंकले बढेको नेप्से परिसूचक मंगलवार भने शून्य दशमलव ७६ प्रतिशत अर्थात् १४ दशमलव २९ अंकले घटेको छ । सोमवारको कारोबारमा नेप्से परिसूचक ३ दशमलव शून्य ४ अंकले बढेर १ हजार ८७८ दशमलव ७० विन्दुमा बन्द भएको थियो । मंगलवार भने नेप्से परिसूचक १ हजार ८६४ दशमलव ४० विन्दुमा झरेको छ । 

मंगलवार कारोबार रकम पनि ५७ करोड १४ लाख ८३ हजार रुपैयाँमा खुम्चिएको छ । सोमवार ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो ।

दशैंपछिको धितोपत्र कारोबारमा लगानीकर्ता उत्साहित नदेखिएको ब्रोकरहरू बताउँछन् ।

मंगलवार कुल कारोबारमा सर्वाधिक हिस्सा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस दिन कम्पनीको १ करोड ७० लाख रुपैयाँ बराबरको ३५ हजार २१२ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता ३ दशमलव ९६ प्रतिशत अर्थात् १९ रुपैयाँ ८० पैसाले घटेर अन्तिम मूल्य रु ४८० कायम भएको छ ।

घटेको बजारमा मंगलवार महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य भने ६ दशमलव शून्य ५ प्रतिशतले बढेको छ । यो दिन ३८ कम्पनीको शेयर मूल्य बढेको जानकारी नेप्सेले दिएको हो ।

यीमध्ये महुली लघुवित्तको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । प्रतिकित्ता ४४ रुपैयाँले बढेर महुली लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ७७१ रुपैयाँ कायम भएको छ । यो दिन महुली लघुवित्तको १४१ कित्ता शेयर १ लाख ३ हजार २७१ रुपैयाँमा खरीदविक्री भएको छ ।

मंगलवार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आइतवारदेखि धितोपत्र बजारमा कारोबार शुरु भएको यस कम्पनीको शेयर मूल्य निरन्तर सर्किट लेभलमा घटिरहेको घटिरहेको छ । प्रतिकित्ता ३५० रुपैयाँमा खुलेको कम्पनीको शेयर कारोबार मंगलवारसम्म २५५ रुपैयाँ २० पैसामा कायम भएको छ । मंगलवार यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता २८ रुपैयाँ ३० पैसाले घटेको हो । यो दिन कम्पनीको २५ हजार १०९ कित्ता शेयर ६४ लाख ११ हजार ४४३ रुपैयाँमा कारोबार भएको छ ।

मंगलवार सबै समूहगत परिसूचक पनि घटेका छन् । बैंकिङको शून्य दशमलव ७४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८५ प्रतिशत, वित्तको शून्य दशमलव ७९ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ५४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७८ प्रतिशत, लगानीको शून्य दशमलव ६० प्रतिशत, जीवन बीमाको १ दशमलव ४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ८४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६० प्रतिशत, अन्यको शून्य दशमलव २६ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव २९ प्रतिशत परिसूचक घटेको हो ।

यो दिन जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कुल बजार पूँजीकरण २८ खर्ब ७१ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । सोमवार कुल बजार पूँजीकरण २८ खर्ब ९४ अर्ब १ करोड ५४ लाख रुपैयाँ थियो । मंगलवार एकै दिन लगानीकर्ताले २२ अर्ब रुपैयाँभन्दा बढी गुमाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)