ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साताको नेप्से: धितोपत्र दोस्रो बजार सकारात्मक गतिमा

२०८० कात्तिक, २४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । तिहार अघिको साता धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सूचकहरूमध्ये सेन्सेटिभ इन्डेक्स वाहेक सबै सूचक सकारात्मक बनेका छन् । अघिल्लो साताको तुनलामा गत साता बजार मापक अधिकांश सूचक बढेका हुन ।

नेप्से परिसूचक अघिल्लो साताभन्दा गत साता ४ दशमलव ३८ अंक माथि उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ८४७ दशमलव ७० विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने १ हजार ८५२ दशमलव शून्य ८ विन्दुमा झरेको हो । गत साता

पाँच कारोबार दिनमा बजार तीन कारोबार दिन बढेको छ भने दुई कारोबार दिन घटेको छ । साताको पहिलो कारोबार दिन २१ दशमलव ४६ अंकले घटेको नेप्से दोस्रो कारोबार दिन २१ दशमलव ३० अंक, तेस्रो दिन ११ दशमलव २२ अंक र चौथो दिन ५ दशमलव १७ अंक बढेको थियोे । साताको अन्तिम दिन भने नेप्से ११ दशमलव ८५ अंकले घटेर बन्द भएको छ । अन्तिम कारोबार दिन भने लगातार तीन दिन बढेको बजारमा नाफा बुक गर्ने हाबी भएको देखिन्छ ।

लामो समयदेखि घट्दै आएको धितोपत्र दोस्रो बजारमा यतिबेला सूचीकृत कम्पनीहरूको शेयरमूल्य निकै तल झरिसकेको छ । बजार कुन गतिमा अघि बढ्छ भन्नेमा यतिबेला लगानीकर्ता अन्योलमै रहेका छन् । ब्रोकरहरूका अनुसार लगानीकर्ता अन्योलकाबीच पनि यतिबेला सस्तो मूल्यका राम्रा कम्पनीको शेयर भने किनिरहेका छन् । बजार लामो समय घटिसकेकोले अब बढ्ने आशामा पनि लगानीकर्ता रहेको ब्रोकरहरूको अनुमान छ ।

गत साता सकारात्मक देखिएको बजारमा ४ अर्ब ५२ करोड ६६ लाख रूपैयाँभन्दा बढीको १ करोड ७४ लाख ३६ हजार २४६ कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता ३ अर्ब ७८ करोड ५१ लाख रूपैयाँभन्दा बढीको १ करोड ४९ लाख ८ हजार ३२७ कित्ता धितोपत्र कारोबार भएको थियो । अघिल्लो साताको तुलनामा गत साता ७४ करोड १४ लाख रूपैयाँभन्दा बढीको २५ लाख २७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।

औसतमा कारोबार रकम अघिल्लो साताभन्दा गत साता १४ करोड ८२ लाख रूपैयाँभन्दा बढी भएको छ भने कारोबार कित्ता ५ लाख ५ हजार ५८४ कित्ता बढी भएको छ । गत साता लगानीकर्ताको सम्पत्ति मूल्य ६७ करोड ५३ लाख रूपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २८ खर्ब ४६ अर्ब २६ करोड रूपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ५३ अर्ब १ करोड रूपैयाँभन्दा बढी कायम भएको हो ।

सातागत परिसूचकको तुलना

विवरण

गत साता अघिल्लो साता फरक

नेप्से परिसूचक (अंक)

1,852.08

1,847.70

4.38

सेन्सेटिभ इन्डेक्स (अंक)

357.04

357.76

-0.72

कारोबार रकम (रू. हजारमा)

4,526,632

3,785,198

741,434

कारोबार कित्ता

17,436,246

14,908,327

2,527,919

औसत कारोबार रकम (रू. हजारमा)

905,326

757,040

148,287

औसत कारोबार कित्ता

3,487,249

2,981,665

505,584

कुल बजार पूँजीकरण (रू. दश लाखमा)

2,853,014

2,846,261

6,753

स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

गत साता होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए 
गत साताको कारोबारमा पाँच समूहगत परिसूचक घटेको छ भने आठ समूहगत परिसूचक बढेको छ । गत साता म्युचुअल फण्डको परिसूचक सर्वाधिक शून्य दशमलव ८६ प्रतिशत घटेको छ । त्यस्तै विकास बैकको शून्य दशमलव ८३ प्रतिशत, बैंकिङको शून्य दशमलव ७३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७१ प्रतशित र वित्त समूहको शून्य दशमलव शून्य २ प्रतिशत परिसूचक घटेको छ । गत साता होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४८ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको १ दशमलव ९२ प्रतिशत, अन्यको १ दशमलव ६८ प्रतिशत, व्यापारिकको १ दशमलव ४० प्रतिशत, जीवन बीमाको १ दशमलव १५ प्रतिशत, लगानीको शून्य दशमलव ६२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र निर्जीवन बीमाको शून्य दशमलव ३१ प्रतिशत परिसूचक बढेको छ ।

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन

विवरण

गत साता

अघिल्लो साता

फरक प्रतिशत

होटल तथा पर्यटन

5,016.32

4,847.40

3.48

उत्पादन तथा प्रशोधन

4,980.86

4,887.15

1.92

अन्य

1,394.75

1,371.73

1.68

व्यापारीक

2,632.83

2,596.42

1.40

जीवन बीमा

9,700.18

9,590.22

1.15

लगानी

65.00

64.60

0.62

जलविद्युत्

1,936.13

1,928.66

0.39

निर्जीवन बीमा

9,529.30

9,499.65

0.31

वित्त

1,604.64

1,605.00

-0.02

लघुवित्त

3,404.09

3,428.48

-0.71

बैंकिङ्ग

1,172.91

1,181.49

-0.73

स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)