ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइसिसी विश्वकपको उपाधि अस्ट्रेलियालाई

२०८० मंसिर, ४  
खेलकुद अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। भारतमा जारी आइसिसी विश्वकप २०२३ को उपाधि अस्टे्रलियाले जितेको छ । आइतवार नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा भारतले दिएको २४१ रनको लक्ष्य अस्टे्रलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा १० विकेट खर्चेर २४० रन बनाएको थियो । भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४, कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ र कूलदीप यादवले १० रन बनाउनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकको रन बटुल्न सकेनन् । बलिङतर्फ भारतका जसप्रित बुमराहले २ तथा मोहम्मद शामी र मोहम्मद शिराजले १/१ विकेट लिए ।

भारतले दिएको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाका टेभिस हेडले सर्वाधिक १३७, मार्नुस लाभुसचेनले ५८ र मिचल मार्शले १५ रन जोडे भने डेभिड वार्नरले ७, स्टिभ स्मिथले ४ र ग्लेन म्याक्सवेलले २ रनको योगदान दिए । बलिङतर्फ अस्टे्रलियाका मिचल स्टार्कले ३, जोश हेजलउड र कप्तान प्याट कमिन्सले २/२ तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले १/१ विकेट लिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)