ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर

२०८० मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनकपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले चिकित्सकले लेखेर दिएको औषधि मात्रै प्रयोग गर्न सुझाएका थिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताए । एन्टिबायोटिक औषधिको दुरुपयोगलाई कडाइका साथ रोक्नुपर्ने उनको भनाइ थियो । सामान्य जानकारीका आधारमा पसलबाट सहजै एन्टिबायोटिक औषधि ल्याएर प्रयोग गर्दा मानव स्वास्थ्यमा दीर्घकालीन असरसँगै यसका कारणबाट मृत्युसमेत हुन सक्ने बताए । 

उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीमा समेत एन्टिबायोटिकको प्रयोग गरिरहेको बताए । मानव स्वास्थ्यदेखि पशुपंक्षीसमेतमा एन्टिबायोटिकको प्रयोगले दीर्घकालीन रोगलाई निम्तो दिइएकाले यस किसिमको कार्यलाई निरुत्साहित गरिनुपर्ने उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका निर्देशक डा. राजीवकुमार झाले औषधि पसलमा सहजै एन्टिबायोटिक औषधि भेटिनु नै मानवजीवनको मुख्य चुनौती रहेको बताए । उनले अहिलेदेखि नै एन्टिबायोटिक प्रयोग न्यूनीकरण गरिएमा मानव स्वास्थ्यका लागि आउने दिनमा ठूलो समस्याबाट बच्न सकिने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)