काठमाडौं। कोका–कोला इन्डियाले पूरै पुन:प्रयोग गरिएका पेट बोतलबाट राष्ट्रिय झण्डा बनाएको छ । आईसीसी मेन्स क्रिकेट वल्र्डकप २०२३ मा कम्पनीले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पुन:प्रयोग गरिएका पेट बोतलहरूबाट राष्ट्रिय झण्डा बनाएको हो । कोका–कोला इन्डिया र साउथवेस्ट एशियाका मार्केटिङ भाइस प्रेसिडेन्ट अर्नव रोयले पुन:प्रयोग गरिएका बोतलहरूबाट बनाइएका राष्ट्रिय र आईसीसीको झण्डामार्फत सर्कुलर इकोनोमीका सिद्धान्तलाई अगाडि बढाउन पहल गरिएको बताए । यस कदमले क्रिकेट र वातावरण दुवैप्रति कोका–कोलाको प्रतिबद्धता झल्किएको कम्पनीको दाबी छ । कोका–कोलाले सबै १० सहभागी राष्ट्रका राष्ट्रिय झण्डा र १० आईसीसी युनिटी झण्डा बनाएको हो । झण्डाहरूले प्रि–म्याचको राष्ट्रिय गान समारोहमा विशेष ध्यानाकर्षण गरेको बताइएको छ । प्रत्येक राष्ट्रिय झण्डाका लागि लगभग ११ हजार पेट बोतल र प्रत्येक आईसीसी युनिटी झण्डाका लागि थप २ हजार पेट बोतल प्रयोग गरिएको थियो । १०० भन्दा बढी कामदार संलग्न यसको निर्माण कार्यमा २५ दिन र ३०० घण्टाभन्दा बढी समय लागेको कम्पनीको भनाइ छ ।