ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भैरहवा विमानस्थल सञ्चालनको  वातावरण बनाउन आग्रह

२०८० मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने बताएका छन् । रूपन्देहीको भैरहवामा बुधवार शुरू भएको ‘छैटौं लुम्बिनी प्रादेशिक महोत्सव’मा उनले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजीक्षेत्रको अर्बौं रुपैयाँ लगानी जोखिममा परेको बताए । विमानस्थल सञ्चालनसँगै गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तरराष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बनाउनुपर्नेमा मल्लले जोड दिए । उनले भने, ‘विमानस्थल बनेपछि व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा गरेको करोडौं रुपैयाँ लगानी जोखिममा परेको छ । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी छ, ।’ 

अर्को प्रसंगमा उनले सार्वजनिक निजी साझेदारीमार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । रूपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधि विस्तारका लागि महोत्सव फलदायी भएकोे उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)