काठमाडौं । आज (विहीवार) बसेको मन्त्रिपरिषद् बैठकले स्वीजरल्याण्ड सरकारले प्रदान ६५ करोड अनुदान स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयले दिएको जानकारी अनुसार प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने, ३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय भएको छ । थप हुने जनशक्तिमा रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट रहने छन् ।
त्यस्तै, उर्जा सचिव दिनेशकुमार घिमिरे र नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।