काठमाडौं । धितोपत्र दोस्रो बजार पछिल्लो साता सकारात्मक गतिमा अघि बढेको छ । कात्तिक २३ गतेपछि तिहार र छठको सार्वजनिक विदापछि मंङ्सिर ४ गतेदेखि बजार खुला भएको हो । पछिल्लो साता चार कारोबार दिन बजार सञ्चालन भएको छ ।
गत साता अघिल्लो कारोबार साताको तुलनामा नेप्से परिसूचक ८ दशमलव १२ अंक बढेर १ हजार ८६० दशमलव २० विन्दुमा पुगेको छ । त्यस अघिको साता नेप्से परिसूचक १ हजार ८५२ दशमलव शून्य ८ विन्दुमा रहेको थियो ।
गत साता चार कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन बढेको छ भने एक कारोबार दिन मात्र घटेको छ । पहिलो कारोबार दिन १ दशमलव ३९ अंकले बढेको बजार दोस्रो कारोबार दिन २३ दशमलव ८२ अंकले घटेको थियो भने तेस्रो कारोबार दिन २० दशमलव ६७ अंक र चौथो कारोबार दिन ९ दशमलव ८७ अंकले बढेको हो ।
सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव शून्य ६ अंकले घटेर ३५६ दशमलव ९८ विन्दुमा झरेको छ । त्यस अघिको साताको अन्तिम कारोबार दिन सेन्सेटिभ इन्डेक्स ३५७ दशमलव शून्य ४ विन्दुमा रहेको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएको कारण धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव पर्ने संकेत देखिएको ब्रोकरहरू बताउछन् । बैंकिङ प्रणालीमा तरलता सहज भैरहेको अवस्थामा ब्याजदर कम हुँदा धितोपत्र बजारमा पर्ने सकारात्मक प्रभाव अझ बढी हुनुपर्ने अपेक्षा ब्रोकरहरूको छ ।
गत साता त्यस अघिको साताको तुलनामा कारोबार रकम ४ करोड १३ लाख रूपैयाँभन्दा बढीले घटेको छ । कारोबार कित्ता भने १८ लाख ७ हजार ७८४ कित्ताले घटेको छ । गत साता ४ अर्ब ४८ करोड ५२ लाख रूपैयाँभन्दा बढीको १ करोड ५६ लाख २८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । त्यस अघिको साता ४ अर्ब ५२ करोड ६६ लाख रूपैयाँभन्दा बढीको १ करोड ७४ लाख ३६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
औसतमा भने गत साता कारोबार रकम २१ करोड ५९ लाख रूपैयाँभन्दा बढीले बृद्धि भएको छ । कारोबार कित्ता पनि ४ लाख १९ हजार ८६६ कित्ता बढी भएको छ । गत साता औसतमा १ अर्ब १२ करोड १३ लाख रूपैयाँभन्दा बढीको ३९ लाख ७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । त्यस अघिको साता औसतमा ९० करोड ५३ लाख रूपैयाँभन्दा बढीको ३४ लाख ८७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
गत साताको कारोबारमा धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण १५ अर्ब १० करोड रूपैयाँभन्दा बढीले बृद्धि भएको छ । अघिल्लो साता २८ खर्ब ५३ अर्ब १ करोड रूपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण गत साता २८ खर्ब ६८ अर्ब १२ करोड रूपैयाँ कायम भएको हो ।
सातागत परिसूचकको तुलना | |||
विवरण | गत साता | अघिल्लो साता | फरक |
नेप्से परिसूचक (अंक) |
1,860.20 |
1,852.08 |
8.12 |
सेन्सेटिभ इन्डेक्स (अंक) |
356.98 |
357.04 |
-0.06 |
कारोबार रकम (रू. हजारमा) |
4,485,244 |
4,526,632 |
-41,388 |
कारोबार कित्ता |
15,628,462 |
17,436,246 |
-1,807,784 |
औसत कारोबार रकम (रू. हजारमा) |
1,121,311 |
905,326 |
215,985 |
औसत कारोबार कित्ता |
3,907,116 |
3,487,249 |
419,866 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) |
2,868,120 |
2,853,014 |
15,106 |
स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
गत साता सर्वाधिक कमाउनेमा जीवन बीमा कम्पनी
गत साता होटल तथा पर्यटन , बैंकिङ, उत्पादन तथा प्रशोधन र लघुवित्त समूह बाहेक अन्य समूहको परिसूचक बढेको छ । गत साता लघुवित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव ८६ प्रतिशत घटेको हो । त्यस्तै उत्पादन तथा प्रशोधनको २ दशमलव ३४ प्रतिशत, बैंकिङको शून्य दशमलव ७६ प्रतिशत र होटल तथा पर्यटनको शून्य दशमलव ४६ प्रतिशत परिसूचक घटेको हो । बढेको बजारबाट गत साता जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिएको छ ।
जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३३ प्रतिशत बढेको हो । त्यस्तै व्यापारिकको २ दशमलव ५४ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ५१ प्रतिशत, जलविद्युतको २ दशमलव ३६ प्रतिशत, विकास बैंकको २ दशमलव ३० प्रतिशत, लगानीको १ दशमलव ८५ प्रतिशत, वित्तको १ दशमलव २४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८७ प्रतिशत र अन्यको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको हो ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन |
|||
विवरण |
गत साता |
अघिल्लो साता |
फरक प्रतिशत |
जीवन बीमा |
10119.76 |
9700.18 |
4.33 |
व्यापार |
2699.70 |
2632.83 |
2.54 |
निर्जीवन बीमा |
9768.64 |
9529.30 |
2.51 |
जलविद्युत् |
1981.89 |
1936.13 |
2.36 |
विकास बैंक |
3628.73 |
3547.23 |
2.30 |
लगानी |
66.20 |
65.00 |
1.85 |
वित्त |
1624.49 |
1604.64 |
1.24 |
म्युचुअल फण्ड |
17.43 |
17.28 |
0.87 |
अन्य |
1395.99 |
1394.75 |
0.09 |
होटल तथा पर्यटन |
4993.34 |
5016.32 |
-0.46 |
बैंकिङ |
1163.95 |
1172.91 |
-0.76 |
उत्पादन तथा प्रशोधन |
4864.13 |
4980.86 |
-2.34 |
लघुवित्त |
3272.67 |
3404.09 |
-3.86 |
स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)