ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका उत्कृष्ट तीन करदाता सम्मानित, नारायणी सामुदायिक अस्पताल भयो नवौँपटक सम्मानित

२०८० मंसिर, ९  
समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । बाह्रौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको छ ।  सम्मानित हुनेमा सेवातर्फ एनपिआई नारायणी सामुदायिक हस्पिटल, उद्योगमा एपोलो पेन्ट्स प्रालि र व्यापारतर्फ ग्याप मार्केटिङ छन् ।

कर दिवसका अवसरमा १२औँ पटक सम्मानित भएका मध्ये  एनपिआई नारायणी सामुदायिक अस्पताल नवौँपटक सम्मानित भएको हो । सम्मानित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत निरन भट्टराईले कर लिने दिने बानीको विकास गर्न सबैलाई अनुरोध गरे । पछिल्ला समयमा लक्ष्यअनुसार कर सङ्कलन गर्न कठिनाई भएकोले उनले यसमा साथ र सहयोग गर्न आग्रह गरे ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग सङ्घ चितवनका अध्यक्ष सूर्य न्यौपाने, एक्यानका जिल्ला अध्यक्ष सन्तोष रेग्मी, अडानका अध्यक्ष प्रदीपराज वस्ती सम्मानित भएको संस्था नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठ लगायतले करका समस्या बारे मन्तव्य राखेका थिए ।

सो  अवसरमा उत्कृष्ट कर्मचारीको रूपमा सन्ध्या पौडेल र विजय तिवारीलाई पनि सम्मान गरिएको थियो । मङ्सिर १ गतेदेखि सुरु भएको कर सप्ताहका क्रममा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट खेलाडी पनि सम्मानित भएका छन् । चितवन कर कार्यालयमा ६९ हजार करदाता दर्ता भएका छन् । कार्यालयको यस वर्ष रु २७ अर्ब ९२ करोड राजस्व उठाउने लक्ष्य रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)