ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलवायु अनुकूल पूर्वाधार निर्माणमा जोड

२०८० मंसिर, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। प्राकृतिक विपद्का कारण दिगो पूर्वाधार निर्माण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संस्था इन्टरनेशनल फेडेरेशन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का)को ४६औं सम्मेलनले १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै जलवायु अनुकूल पूर्वाधार निर्माणमा जोड दिएको हो ।

शुक्रवार काठमाडौंमा सम्पन्न सम्मेलनले दिगो पूर्वाधार आर्थिक विकासमा महत्त्वपूर्ण हुने भए पनि बढ्दो जनसंख्या, शहरीकरण, जलवायु परिवर्तन लगायत कारण चुनौती थपिएको निष्कर्ष निकालेको छ । प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण अहिलेको आवश्यकता भएको घोषणापत्रको निष्कर्ष छ ।

घोषणापत्रमा भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने उल्लेख छ । जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्बन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तरराष्ट्रिय अभ्यास जस्ता बुँदा पनि घोषणापत्रमा समेटिएका छन् । शहरी पूर्वाधारसहित ऊर्जा, यातायात लगायत क्षेत्रमा पनि यस्ता विषयलाई उच्च प्राथमिकता दिनुपर्ने औंल्याइएको छ । इफाप्कामा आबद्ध सदस्य राष्ट्रहरूबीच बलियो साझेदारी कायम गरिनुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ । 

इन्टरनेशनल फेडेरेशन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का)को ४६औं सम्मेलनले १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै जलवायु अनुकूल पूर्वाधार निर्माणमा जोड दिएको हो ।

सो अवसरमा इफाप्काका अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र महासचिव वीरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीलाई सम्मान गरे । सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्शन प्रालिले ‘गोल्ड अवार्ड’ हासिल गरेको छ भने सोही विधामा ‘सिल्भर अवार्ड’ जयविष्णु निर्माण सेवा प्रालिले हासिल गरेको छ । बिल्डिङ कन्स्ट्रक्शन विधामा भने समानान्तर निर्माण सेवा प्रालिले ‘गोल्ड अवार्ड’ र न्यू टेक्निकल इन्फ्रा प्रालिले ‘सिल्भर अवार्ड’ प्राप्त गरेका छन् ।

सिंहले शुक्रवार इफाप्काको अध्यक्ष पदको जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गरेका थिए । ४७औं इफाप्का सम्मेलन सन् २०२५ को अप्रिलमा सिंगापुरमा हुने भएको छ । नेपालले यसअघि सन् १९९९ मा ३०औं इफाप्का सम्मेलन आयोजना गरेको थियो । 

‘दिगो पूर्वाधारमा साझेदारी’ नारासहित मङ्सिर ५ देखि शुरू भएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । प्रधानमन्त्रीसहित स्वदेश तथा विदेशका गरी ४५० जनाभन्दा बढी प्रतिनिधि सम्मेलनमा सहभागी थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)