विराटनगर। कोशी प्रदेशसभाको बैठकले ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित गरेको छ । आर्थिक वर्ष शुरू भएको चार महीनापछि कोशी प्रदेशको बजेट अनिश्चितता उक्त विधेयक पारित भएसँगै अन्त्य भएको छ ।
नेपाली कांग्रेसबाट विद्रोह गरी एमालेको सहयोगमा सरकार निर्माण गरेपछि शनिवार मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पेश गरेका थिए । विधेयकमाथिको छलफलमा प्रदेशसभाका सदस्यहरू गम्बु शेर्पा, सपना दर्जी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिङ्थेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छवि चुँडाल र रामप्रसाद महतोले भाग लिएका थिए ।