काठमाडौं। जोन्टा क्लब काठमाडौंले लैंगिक हिसांविरुद्धको १६ दिने अभियानअन्तर्गत आइतवार महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बलको महिला शाखा र एनसेलको सहकार्यमा उक्त कार्यक्रम गरिएको बताइएको छ । एआईजी डा. चन्द्रप्रकाश गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काठमाडौं महानगरभित्रका महिला, सशस्त्र प्रहरी बलका महिला सदस्य र जोन्टा क्लबका सदस्यहरूको सहभागिता थियो । कार्यक्रममा महिलाले भोग्नुपरेका विभिन्न समस्या, नेपालमा महिलासम्बन्धी कानूनी प्रावधान, साइबर तथा सूचना सुरक्षाका सन्दर्भमा छलफल गरिएको थियो । १६ दिने अभियानअन्तर्गत काठमाडौंका विभिन्न ३१ सिनेमा हलमा बाल विवाह, घरेलु हिंसा, कार्यालयमा हुने दुव्र्यवहार र यातायात क्षेत्रमा हुने यौन दुव्र्यवहारसम्बन्धी चार फरक भिडियो प्रदर्शन गरिएको संस्थाले जानकारी दिएको छ । यस सन्दर्भमा संस्थासँगको समन्वयमा विभिन्न कलेजले सामाजिक सञ्चालको माध्यममा सचेतना सामग्री प्रस्तुत गरेको बताइएको छ ।