काठमाडौं। लक्ष्मी सन्राइज बैंक आमन्त्रण गल्फको आठौं संस्करणको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् । शनिवार काठमाडौंको गोकर्ण गल्फ क्लबमा सम्पन्न खेलमा ४१ स्टेबलफोर्ड अंक जोडेर उनले उपाधि जितेका हुन् । आशिष श्रेष्ठ ४० अंक जोड्दै प्रतियोगितामा उपविजेता बनेका छन् ।
त्यस्तै टासी दोङले ३९ अंक जोड्दै उत्कृष्ट ग्रसको अवार्ड जितेकी छन् । महिलातर्फ सुमित्रा खड्का ३४ अंकका साथ विजेता र आरती राणा ३३ अंकका साथ उपविजेता भइन् । मेजर जनरल (निवृत्त) महेश विक्रम कार्की ३४ अंकका साथ सिनियर (६० वर्ष र सोभन्दा माथि) विजेता बने । सद्भाव आचार्यले सबैभन्दा लामो ड्राइभको अवार्ड, ताहिर शाहले सबैभन्दा नजिकको पिन र वाङ्चेन धोन्डुपले चार बर्डी तथा एउटा चीलसहित ‘मोस्ट बर्डीज’को अवार्ड पाए । लक्ष्मी सन्राइज कलरको पहिरन लगाएका विजयबहादुर श्रेष्ठले ‘मोस्ट एलिगेन्ट गल्फर’ अवार्ड पाए ।