काठमाडौं। कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत हालसम्म बैंकका ४ हजार ५०० ग्राहकलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगको उपचार एवं दुर्घटना मृत्यु बीमावापत बैंकले बीमा कम्पनीमार्फत सो रकम ग्राहकलाई प्रदान गरेको बताइएको छ । बैंकका अनुसार योजनाअन्तर्गत बाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तान गरिएको छ । त्यस्तै मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमश: ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तानी भएको छ । कुल बीमा भुक्तानीमध्ये बैंकले अस्पताल भर्ना बीमावापत सर्वाधिक ५४ प्रतिशत रकम भुक्तानी गरेको छ ।