ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्नेे सुविधा

२०८० मंसिर, २०  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओस्क मेसिनमार्फत सोझै नबिलको सम्बन्धित खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुविधासँगै अब ग्राहकले कार्यालय समयबाहेक पनि विनाझन्झट चेक डिपोजिट गर्न सक्ने बताइएको छ । यो सेवाबाट ग्राहकको समयको बचतका साथै स्वचालित र स्वस्फूर्त कारोबार हुनेछ । यसबाट ग्राहकले पूर्ण रूपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिएको छ ।

हाललाई यो सेवा काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० ओटा शाखामा सञ्चालनमा ल्याएको बताइएको छ । बैंकका अनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखा तथा उपत्यका बाहिरका विराटनगर, वीरगञ्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)