काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७औं वार्षिक साधारणसभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०२२/२३ मा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बताइएको छ । बैंकको आम्दानी ४७ प्रतिशतले बढेर ७ अर्ब ८० करोड रुपैयाँ र करपछिको नाफा ५३ दशमलव ६ प्रतिशतले बढेर ३ अर्ब ५० करोड रुपैयाँ पुगेको बताइएको छ । सञ्चालक समितिले सिफारिस गरे बमोजिम सभाले चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकका अध्यक्ष जरिन दारुवालाले जोखिम व्यवस्थापनलाई केन्द्रमा राखेर पूँजी वृद्धि गर्ने रणनीतिले बैंक इतिहासमै उच्च प्रतिफल प्रदान गर्न सफल भएको बताइन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्याण्डर्ड चार्टर्र्ड समूहको ७० दशमलव २१ प्रतिशत र सर्वसाधारणको २९ दशमलव ७९ प्रतिशत शेयर छ ।