ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा प्रभातफेरी 

२०८० पुस, १६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा शनिवार देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि बैंकले सातओटै प्रदेशका मुख्यमुख्य शहरमा प्रभातफेरी गरेको बताइएको छ ।

काठमाडौंमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापन, कर्मचारीसहित १५ सयभन्दा बढीको सहभागिता थियो । वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरका मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यका बाहिरका शाखाले मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए । 

यसैबीच बैंकले वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरको गौरीगञ्ज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । शिविरमा २०० भन्दा बढी महिलाको स्वास्थ्य चेकजाँच गरिएको बताइएको छ । अभियानअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातओटै प्रदेशमा महिला स्वास्थ्य शिविर सञ्चालन भइरहेको बैंकले जानकारी दिएको छ । शिविरमा स्त्रीरोग विशेषज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा उपलब्ध गरेका छन् । महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवा नि:शुल्क रूपमा उपलब्ध हुने बताइएको छ । पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरी ‘स्वस्थ नारी पहल’ कार्यक्रमको सहयोगमा थप उपचारमा सघाउने बैंकले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)