काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर (आईपीओ) निष्कासन तथा विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेडका कार्यकारी अध्यक्ष आशिष थापा तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार क्यापिटलले युनाइटेडको सार्वजनिक निष्कासनका लागि विक्री प्रबन्धकको कार्य गर्ने बताइएको छ । युनाइटेडले ताप्लेजुङमा निर्माण गरिरहेको मेवा खोला जलविद्युत् आयोजना ५० मेगावाट उत्पादन क्षमताको रहेको बताइएको छ ।