काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार अमेरिकी डलरको विनिमय दर घटाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९५ पैसा र विक्री दर १३३ रुपैयाँ ५५ पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०२ पैसा र विक्री दर १३३ रुपैयाँ ६२ पैसा कायम भएको थियो ।
त्यसैगरी, आज युरोको र चिनियाँ युआनको मूल्य पनि घटेको छ । आज १ युरोको खरीद दर १४५ रुपैयाँ २२ पैसा र विक्री दर १४५ रुपैयाँ ९९ पैसा कायम भएको छ । अघिल्लो दिन १ युरोको खरीद दर १४६ रुपैयाँ ०३ पैसा र विक्री दर १४६ रुपैयाँ ६९ पैसा थियो ।
आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६० पैसा र विक्री दर १८ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ६३ पैसा र विक्री दर १८ रुपैयाँ ७२ पैसा कायम भएको थियो ।
यस्तो छ आज अन्य मुद्राको विनिमय दर