ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ विकास बैंक १८औं वर्षमा, आविष्कार केन्द्रलाई सहयोगसहित विभिन्न कार्यक्रम 

२०८० पुस, १९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंक १८औं वर्षमा प्रवेश गरेका छ । वार्षिकोत्सवको अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्य र १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीलाई सम्मान गरिएको छ ।

सोही अवसरमा बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि ५ लाख रुपैयाँ सहयोगका गरेको छ । यसै गरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन भएको बताइएको छ ।

वार्षिकोत्सवको अवसरमा क्षेत्रीय तथा शाखा कार्यालयमार्फत गरीब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकलाई सेतो छडी वितरण, अनाथालय, बालगृह तथा वृद्धाआश्रममा विभिन्न सामग्री वितरण, डस्टबिन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरता जस्ता कार्यक्रम सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।

वार्षिकोत्सव कार्यक्रम बैंकका सञ्चालक, पूर्व सञ्चालक, संस्थापक शेयरधनी तथा बैंकका उच्च पदाधिकारी, शाखा प्रबन्धकहरूको उपस्थितिमा सञ्चालन भएको थियो । उक्त समारोहमा बैंकका अध्यक्ष भरतराज ढकालले सधै गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा योगदान दिइने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)