ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्प प्रभावितलाई नेशनल लघुवित्तको आर्थिक सहयोग 

२०८० पुस, १९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितको लागि ५० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । संस्थाले सल्यानको दार्मा गाउँपालिकाका प्रभावितको सहयोगको लागि गाउँपालिकाको विपद् कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको हो । 

त्यस्तै संस्थाको बागचौर शाखामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप २१ लाख ५४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको छ । त्यसैगरी रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई ४ लाख रुपैयाँ र आठविसकोट शाखाअन्तर्गतका ३७० सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाले जानकारी दिएको छ । 

संस्थाले मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका २५० जना सेवाग्राहीलाई ७ लाख ५६ हजार रुपैयाँ सहयोग गरेको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)