ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’मा छूट र अफर

२०८० पुस, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ गर्ने भएको छ ।

जाडो मौसममा सवारी साधनमा पार्ने असरबारे ग्राहकलाई जानकारी दिन क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीका अनुसार क्याम्पमा सुजुकीका ग्राहकले गाडीको सर्भिसमा आकर्षक छूटका साथै विभिन्न अफर पाउनेछन् । यस्तै, ग्राहकले लक्की ड्रमार्फत वर्षभरिको लागि पार्टस् र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पनि पाउनेछन् । साथै एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत, पार्टस् र एसोसरिजमा १० प्रतिशत र लेबर चार्जमा २० प्रतिशत छूटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । 

यो क्याम्प नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)