ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा

२०८० पुस, २४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुईओटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाबाट सोमवारदेखि बैंकिङ सेवा शुरू गरिएको बताइएको छ । बैंकले देशका ७७ ओटै जिल्ला तथा तीन अन्तरराष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्त्याउन सहयोग पुर्‍याउँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)