ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीएनआई–आईसीसी समझदारी : आर्थिक सम्बन्ध अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा

२०८० पुस, २४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चेम्बर अफ कमर्श (आईसीसी)बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुईओटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशिता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो । समझदारीमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र आईसीसीका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका छन् । यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लाटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । 

सीएनआई अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि लगायत क्षेत्रमा लगानीको अवसर रहेको बताउँदैै नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे । उनले नेपालको स्वास्थ्य सेवा क्षेत्र भित्रको अपार सम्भावना, शिक्षा र चियालगायत क्षेत्रमा भएको लगानीका अवसरबारे जानकारी गराएका थिए । आईसीसीका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिँदै दुवै देशले संयुक्त उद्यम र साझेदारीका हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्त्व रहेको उनको भनाइ थियो ।

सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले क्षेत्रीय व्यावसायिक विकासमा यूएसीको महत्त्वबारे प्रकाश पारेका थिए । साथै उनले यूएसीले एशियन राष्ट्रबीच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सीएनआईका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध सुदृढ गर्ने र क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)