काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न विद्यालय, सामाजिक तथा धार्मिक संस्थालाई सहयोग गरेको छ । बैंकको न्यूरोड शाखाले हिमालय माध्यमिक विद्यालय, न्यूरोड काठमाडौंलाई एक थान प्रिन्टर प्रदान गरेको छ । शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा महर्जनलाई प्रिन्टर हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी बैंकको गोगंबु शाखाले काठमाडौं महानगरपालिका–२६ स्थित पवित्रनगर समाजको कार्यालय कक्ष, सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामग्री खरीद गर्न नगद सहयोग गरेको छ । शाखा प्रमुख अमिता बगालेले समाजका अध्यक्ष सूर्यमणि पौडेललाई ३० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी थिइन् ।
त्यस्तै, बैंकको बसुन्धरा शाखाले टोखा नगरपालिका–४ स्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर उपलब्ध गराएको छ । शाखा प्रमुख विकास देवकोटाले संघका प्रतिनिधिलाई उफर हस्तान्तरण गरेका हुन् ।