ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गल्फर टाइगर वुड्सले २७ वर्षपछि तोडे नाइकसँगको साझेदारी

२०८० पुस, २४  
खेलकुद
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कठमाडौं । सुपरस्टार गल्फर टाइगर वुड्सले २७ वर्षपछि फुटवेयर कम्पनी नाइकसँगको साझेदारी तोडेका छन् । उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत सोमवार यस्तो घोषणा गरेका हुन् । 

‘फिल नाइटको प्यासन र दृष्टिकोणका कारण नाइक तथा नाइक गोल्फको साझेदारी भयो । र, म उनीसहित नाइकका कर्मचारीलाई धन्यवाद दिन चाहान्छु, जसको साथ काम गर्ने मलाई सौभाग्य मिल्यो,’ उनले लेखेका छन् । 

लामो समयदेखि वुड्सको एजेन्ट रहेका मार्क स्टाइनवर्गले केही समयअघि नै यो सम्झौता नविकरण नहुने बताएका थिए । 

नाइकले इन्स्टाग्राममा आफ्नो प्रतिष्ठित लाल पोलोमा वुड्सको एक तस्वीरसँगै खबर पुष्टि गर्दै भनेका छन्, ‘यो एक नरकको दौड थियो ।’ सीएनबीसी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)