काठमाडौं। मोटर कम्पनी ग्रेट वाल मोटर (जीडब्ल्यूएम)ले गएको आठ वर्षमा विश्वव्यापी रूपमा १२ लाख ३० हजारभन्दा बढी गाडी विक्री गरेको जानकारी दिएको छ । सन् २०२३ मा मात्र अन्तरराष्ट्रिय बजारमा तीन लाख इकाई गाडी विक्री गरिएको कम्पनीले जानकारी दिएको छ । जीडब्ल्यूएम टेक्नोलोजी र बजार रणनीतिको विशेषज्ञताका कारण यो उपलब्धि हासिल गरिएको कम्पनीको भनाइ छ । जीडब्ल्यूएम टैंक ५०० को बलियो इन्जिन र अफ–रोड क्षमताका लागि प्रसिद्ध रहेको कम्पनीले जानकारी दिएको छ । जीडब्ल्यूएमको नयाँ इलेक्ट्रिक ब्रान्ड ओरा ईभीले विश्वव्यापी बजारमा नेतृत्व स्थापना गर्दै युरोप र दक्षिण अफ्रिकामा सफलता प्राप्त गरेको कम्पनीको दाबी छ ।