चितवन। उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनमा श्रेष्ठ एक हजार ५१५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धी शिरीष पन्तले ८४३ मत प्राप्त गरेका थिए ।
समितिको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारी, उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओली, उपाध्यक्ष (कर्पोरेट/वस्तुगततर्फ) नारायण प्रधान विजयी भएका छन् । यस्तै कार्यसमिति सदस्य महिलातर्फ अस्मिता तिमिल्सिना, क्षेत्रीय संघतर्फ मणिरत्न शाक्य, कर्पोरेटतर्फ अमित कौडेल, राजकुमार कानु निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा उद्योगतर्फ इमान्दु बराल, अशोक श्रेष्ठ, पूर्णिमा जोशी श्रेष्ठ, धनप्रसाद पोखरेल, उपेन्द्र पण्डित र शंकर अधिकारी, वस्तुगततर्फ दीपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल र शंकरप्रसाद घिमिरे, वाणिज्यतर्फ गुणराज पौडेल, श्रीकृष्ण लम्साल, दीपा शाही, सन्तोषजनक भुसाल, दाताराम घिमिरे र सुनिता लिगल कर्माचार्य विजयी भएका छन् ।