ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

'तपस्वी'को भेषमा अपराध गर्ने  बम्जनलाई प्रहरीले गर्‍यो सार्वजनिक, आजै सर्लाही लगिने

२०८० पुस, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई बुधवार सार्वजनिक गरेको छ । मंगलवार साँझ पक्राउ परेका बम्जनलाई बुधवार नै सर्लाही लैजाने तयारी रहेको प्रहरीले जनाएको छ । 

बम्जनको घरमा छापा मार्दा ३ करोड ३० लाख रुपैयाँसहित विदेशी मुद्रा र १५ ओटा मोबाइल बरामद भएको छ । तीनओटा ल्यापटप र ३५ ओटा पेनड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीले मंगलवार बुढानीलकण्ठको हात्तिगौंडास्थित बम्जनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरी घरमा पुगेपछि उनी बरण्डाबाट हाम फालेर भाग्न खोजेका थिए । 

प्रहरीले केही समयअघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो । उनीविरूद्ध आश्रममा बस्दै आएका तीन आनी र दुई चेला गरी पाँच जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी परेको छ ।

बम्जनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बम्जनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् ।

बम्जनले बलात्कार गरेको भन्दै एक युवतीले उजुरी दिएपछि उनीविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

सन् २००५ मा १५ वर्षको उमेरमा मध्यरातमा घरबाट बेपत्ता भएका उनी  बाराको एउटा एकान्त वनमा पीपलको बोटमुनि ध्यान गरिरहेको अवस्थामा फेला परे । त्यसपछि उनी 'तपस्वी'को रुपमा चर्चित भए । तर, पछि उनी विभिन्न विवादमा मुछिन थाले । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)