ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्यानेडियन स्टडी सेन्टर ‘हल्ट प्राइज एट काठमाडौं युनिभर्सिटी’को मुख्य प्रायोजक

२०८० पुस, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ‘हल्ट प्राइज एट काठमाडौं युनिभर्सिटी’को शीर्ष प्रायोजन क्यानेडियन स्टडी सेन्टरले गर्ने भएको छ । हल्ट प्राइज विद्यार्थीहरूको नेतृत्वमा हुने क्याम्पसस्तरीय प्रतियोगिता हो, जसलाई आइडिया पिचिङ मञ्चको रूपमा लिइएको बताइएको छ ।

प्रतियोगितामा विश्वभरका विश्वविद्यालयका विद्यार्थीले ३ देखि ५ व्यक्तिको समूह बनाएर भाग लिन सक्नेछन् । १ मिलियन डलर पुरस्कार राखिएको प्रतियोगिताको विजेता हुन चार फरक फरक प्रतिस्पर्धामा सहभागी हुनुपर्ने बताइएको छ । 

हल्ट प्राइजको लक्ष्य अन्तरराष्ट्रिय परिदृश्यमा विश्वविद्यालयस्तरका विद्यार्थीबीच सामाजिक उद्यमशीलता बढावा दिनु रहेको बताइएको छ । यसले दक्षता, समस्या समाधान गर्ने क्षमता, सञ्चार कौशल, व्यवस्थापन कौशल र विश्वभरका विद्यार्थीको उद्यमशीलताको भावनालाई उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको विषयवस्तु ‘अनलिमिटेट इम्प्याक्ट’ राखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)