ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एफवान सफ्ट ग्रुपको नयाँ कम्पनी फोनप्वाइन्ट्स सञ्चालनमा 

२०८० पुस, २६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । फिनटेक समूह एफवान सफ्ट ग्रुपले फोनप्वाइन्ट्स नामक कम्पनी सञ्चालनमा ल्याएको छ । पुस २५ गतेदेखि आधिकारिकरूपमा सो कम्पनी सञ्चालनमा आएको हो ।

कम्पनीका अनुसार फोनप्वाइन्ट्सले नेपालमा ‘रिवाड्स’ र ‘लोयल्टी प्रोगाम’मा नयाँ आयाम थप्ने भएको छ । 

कम्पनीका अनुसार फोनप्वाइन्ट्सले ग्राहकको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथै उक्त प्लेटफर्ममा संलग्न व्यवसायीको लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सृजना गराएको छ । 

फोनप्वाइन्ट्सद्वारा ग्राहकले विभिन्न व्यवसायिक स्थानमा भुक्तानी गर्दा प्वाइन्ट्स पाउने र सो प्वाइन्ट्सहरूबाट विभिन्न लाभ लिन मिल्ने आधार तयार गरिएको कम्पनीको भनाइ छ ।

फोनप्वाइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले कम्पनीको आधिकारिक शुरुआतको घोषणा गर्न पाउँदा खुसी लागेको बताए । ‘हाम्रो मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु हो साथै ग्राहक र साझेदारहरूको व्यापारमा लोयल्टी बढाउनु हो,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)