काठमाडौं। सामाजिक सुरक्षा कोष विश्वमा सामाजिक सुरक्षा कार्यक्रमको छाता संगठनको रूपमा रहेको अन्तरराष्ट्रिय सामाजिक सुरक्षा संगठन (आइएसएसए)मा आबद्ध भएको छ । सामाजिक सुरक्षा कोष केन्द्रीय कार्यालयले आइएसएसएको सदस्यताका लागि पठाएको निवेदन २६ जुन २०२३ मा स्वीकृत भएको कोषले बताएको छ ।
आइएसएसए विभिन्न देशमा सामाजिक सुरक्षाको सन्दर्भमा सन् १९२७ मा स्थापना भएका संस्थाहरूको नेतृत्वदायी अन्तरराष्ट्रिय निकाय हो । हालसम्म यसमा १६० देशका ३२० संस्थाहरूले सदस्यता प्राप्त गरेका छन् ।
हालसम्म यसमा १६० देशका ३२० संस्थाहरूले सदस्यता प्राप्त गरेका छन् ।
नेपालको सामाजिक सुरक्षा कोषलाई अन्तरराष्ट्रिय स्तरमा अब्बल र मजबूत बनाउन एवं सिकाइका लागि महत्त्वपूर्ण मञ्च पाउन आइएसएसएमा कोषको सदस्यता फलदायी रहने अपेक्षा गरिएको छ ।
‘सामाजिक सुरक्षा कोषको दायरा औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारी, हुँदै स्वरोजगारसम्म विस्तार भएको छ । कोषमा विभिन्न क्षेत्रमा लागू हुनेगरी छुट्टाछुट्टै कार्यविधि तयार भई लागू भएको छ,’ कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।