ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारायणगढ–बुटवल सडक : निर्माण १५ महीनामा सक्ने प्रतिबद्धता

२०८० पुस, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको काम १५ महीनामा सम्पन्न गर्ने चिनियाँ पक्षले प्रतिबद्धता व्यक्त गरेको छ । दुईपटक म्याद थप्दासमेत काम सम्पन्न नभएको र थपिएको म्यादमा समेत काम नहुने अवस्थामा चिनियाँ निर्माण कम्पनीले १५ महीनामा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

राजनीतिक दलको दबाब र जनचासो बढेपछि सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एशियाली विकास बैंक–एडीबी)ले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । उक्त अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै काम सम्पन्न गर्न लागिपरेको बताए । निर्माण कम्पनीलाई निरन्तर दबाब दिइएकाले पछिल्लो समय कामले गति लिएको पनि उनले बताए । सरकारले महत्त्वका साथ अघि बढाएका सडक परियोजना समयमै सम्पन्न गराउन आवश्यक पहल र निरन्तर समन्वय गरिएको उनको भनाइ छ ।

विद्युत् पोल, वनको समस्या, खानेपानी, स्थानीय तहबाट निर्माण सामग्री उत्खननमा भएको अवरोध र कोरोना महामारीका कारण सडक विस्तारमा ढिलाइ भएको मन्त्री ज्वालाले बताए । ‘अब समस्या पहिचान भएको छ,’ मन्त्री ज्वालाले भने, ‘सबैतर्फ समन्वय गरेर काम सम्पन्न गरिनेछ ।’ उनले सबै सडक एकैपटक भत्काउन नहुने तर्क गर्दै भने, ‘अब नारायणगढ–बुटवल सडक खण्डमा एकतर्फी दुई लेनको सडक बनाइसकेर अर्काे भत्काउने धनीति लिनेछौं ।’

 निरन्तर दबाबपछि निर्माणमा तीव्रता आएको भौतिक पूर्वाधारमन्त्रीको दाबी

निर्देशनालयका आयोजना निर्देशक चूडाराज ढकालले विगतमा भन्दा पछिल्लो समय कामले तीव्रता लिएको बताए । अहिले मासिक २ प्रतिशतले प्रगति भएको र यसलाई बढाएर ४/५ प्रतिशत पुर्‍याउने गरी काम गरिने उनको भनाइ छ । बिजुलीका पोल, साइट क्लियरजस्ता समस्याभन्दा पनि अहिले निर्माण सामग्रीको अपर्याप्तता समस्या भएको उनको भनाइ छ । 

आयोजना निर्देशक ढकालका अनुसार निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार, बैठक, दुईपटक ठेक्का तोड्नेसम्मको चेतावनीपत्र दिइसकिएको छ । ‘निर्माण व्यवसायीको केन्द्रीय कार्यालयलाई समेत केकति कारणले काम ढिलो भएको र के कसरी समयमै सम्पन्न गर्ने योजना छ ? भनी जवाफदेही बन्न र प्रतिबद्धता पेश गर्न पत्राचार गरिएको थियो,’ ढकालले भने, ‘त्यसपछि केही दिनअघि मात्रै आगामी १५ महीनामा काम सम्पन्न गर्ने प्रतिबद्धतासहित योजना पेश गरिएको छ ।’

११३ किलोमीटरको उक्त खण्डमा ७० किलोमीटर ४ लेन र २९ किलोमीटर ४ लेनसहित दुईतर्फ ६/६ मीटरको सर्भिस लेनमा विस्तार हुनेछ । दाउन्ने खण्डको १४ किलोमीटरमा भने ३ लेनमा सडक विस्तार हुनेछ । निर्देशनालयका अनुसार ६४ ओटा पुल, ४३२ कल्भर्ट, १२९ दशमलव १६ किलोमीटर नालालगायत संरचना निर्माण गर्नुपर्नेछ । हालसम्म ४० किलोमीटर २ लेन कालोपत्र सडक, ३८ ओटा पुल, २९५ ओटा कल्भर्टलगायत निर्माण भएका छन् ।

यो सडक खण्ड बनाउन चिनियाँ कम्पनीसँग सरकारले २०१८ डिसेम्बर १९ मा सम्झौता गरेको थियो । सन् २०२२ अगस्त २२ मा सम्पन्न गर्ने भनिए पनि हालसम्म निर्माण भइसकेको छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)