ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फेडेरल रिइन्स्योरेन्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

२०८० पुस, २७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र मल्पी इन्टरनेशनल कलेजबीच शैक्षिक सिकाइ र उद्योग अनुभवबीचको अन्तरलाई कम गर्न दीर्घकालीन रणनीतिक विकास गर्ने सम्झौता भएको छ । बुधवार भएको सम्झौतामा फेडेरलका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी तथा कम्पनी सचिव अल्पना शर्मा र मल्पीका प्रिन्सिपल दिपक अधिकारी तथा अधिकृत प्राप्त बिसी शर्माले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताले बीमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यस साझेदारीमार्फत फेडेरलले मल्पीका विद्यार्थीलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नशिपका अवसर तथा आवश्यकता अनुसार भविष्यमा रोजगारीको अवसर प्रदान गर्ने बताइएको छ । सम्झौताले फेडेरलका कर्मचारीलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रममा भाग लिएर नेटवर्किङ बढाउने अवसर प्राप्त गर्न मद्दत गर्ने बताइएको छ । दुवै संस्थाले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधिका लागि आवश्यकता अनुसार सहकार्य गरिने सम्झौतामा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)