ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमरामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

२०८० पुस, २७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बुधवारदेखि बाराको सिमरा उपमहानगरपालिका–२ स्थित सिमरारोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा बैंकका २१ ओटा शाखा पुगेको बताइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाकोे उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत पाण्डेले भरपर्दो आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए । उनले बैंकिङ सेवाको पहुँच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योगी व्यवसायीलाई बैंकिङ सुविधा सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरे । हाल बैंकले २६२ शाखा कार्यालय र ६३ एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)