ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘टाटा मोटर्स फन कार्निभल ३.०’ आयोजना

२०८० पुस, २७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा मोटर्स फन कार्निभल ३.०’ मेला आयोजना गर्ने भएको छ । आज (शुक्रवार) र भोलि उपत्यका बाहिरका टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ वीरगञ्जमा मेला आयोजना गर्न लागिएको हो । 

मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडी साट्न सकिने बताइएको छ । ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई ध्यानमा राखेर मेलाको आयोजना गरिएको बताइएको छ । मेलामा एक्सचेन्ज बोनस, नि:शुल्क रूपमा इभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एसेसोरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)