ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी विकास बैंकको ८.५० प्रतिशत लाभांश पारित

२०८० पुस, २७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० का विभिन्न प्रतिवेदन, ४ दशमलव ५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयरसहित कुल ८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभामा उठेका जिज्ञासाको जवाफ अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले दिएका थिए । देशका सातओटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आएको बैंकले विभिन्न स्थानका ८९ओटा शाखा कार्यालय तथा एक विस्तारित शाखामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)