चितवन। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान), सौराहको अध्यक्षमा ध्रुव गिरी चयन भएका छन् । संस्थाको १७औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा शम्भु माली, द्वितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतीय उपाध्यक्षमा राजेशकुमार तामाङ, महासचिवमा नवीन नेपाल, सचिवमा कुमार जोशी, कोषाध्यक्षमा कृष्णप्रसाद खतिवडा र सहकोषाध्यक्षमा अम्विका भट्ट चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, धर्मराज न्यौपाने, रामकुमार गुरौ, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चौधरी, राजकुमार श्रेष्ठ र ईश्वर रिजाल चयन भएका छन् ।