काठमाडौं। सहकारी अभियानको उपल्लो छाता निकाय राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न महासंघको वार्षिक साधारणसभाले मल्लको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको हो । २५ वर्षदेखि सहकारी अभियानमा क्रियाशिल उनी नेपालको तर्फबाट अन्तरराष्ट्रिय सहकारी महासंघको सञ्चालक समेत बनेकी थिइन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षमा खेमबहादुर पाठक, डीबी बस्नेत र इन्दिरा पन्त चयन भएका छन् । पछिल्लो संशोधित विनियम अनुसार पहिलो पटक तीन उपाध्यक्ष कायम भएको हो । महासंघको संचालकमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी(अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी सुवेदी पौडेल चयन भएका छन् ।