ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झन्डै ८७ लाख यात्रुले प्रयोग गरे त्रिभुवन विमानस्थल

२०८० पुस, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सन् २०२३ मा ८६ लाख ९१ हजार ४६३ हवाई यात्रुले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या हालसम्मकै उच्च हो । अघिल्लो वर्ष सन् २०२२ मा ७९ लाख ५४ हजार ४९५ ले यात्रुले उक्त विमानस्थल प्रयोग गरेका थिए । 

झन्डै ८७ लाख यात्रुले प्रयोग गरे त्रिभुवन विमानस्थल 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ अन्तरराष्ट्रिय यात्रुले यो विमानस्थल प्रयोग गरेको र ३१ हजार ४६० पटक अन्तरराष्ट्रिय जहाज उडान–अवतरण भएको देखिन्छ । सन् २०२२ को तुलनामा २०२३ को अन्तरराष्ट्रिय यात्रु संख्या ३० दशमलव १८ प्रतिशतले बढी हो । सन् २०१८ को तुलनामा भने २०२३ को यात्रु वृद्धिदर ४ दशमलव ५ प्रतिशत मात्र छ । तैपनि अन्तरराष्ट्रिय यात्रुको उक्त संख्या हालसम्मकै उच्च रहेको कार्यालयले उल्लेख गरेको छ । 

सन् २०२३ मा आन्तरिकतर्फका ४१ लाख ५० हजार ३२६ यात्रुले यो विमानस्थल प्रयोग गरेका छन् । सन् २०२२ को तुलनामा आन्तरिक यात्रु संख्या ७ दशमलव शून्य ७ प्रतिशतले कम हो । सन् २०२३ मा ९६ हजार ९८९ पटक आन्तरिक जहाज उडान–अवतरण भएको छ । आन्तरिकतर्फका ९ हवाईजहाज र १२ हेलिकोप्टर गरी २१ वायुसेवा कम्पनीले उडान–अवतरणका लागि यो विमानस्थल प्रयोग गरिरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थल प्रयोग गर्छन् । तिनले १६ देशका ३१ गन्तव्यमा उडान भर्छन् । 

कोभिडअघि सन् २०१८ मा अन्तरराष्ट्रिय र आन्तरिक गरी ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ हवाई यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । 

नेपालले ४१ मुलुकसँग दुईपक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत मङ्सिर १९ गते नेपाल र रुवान्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)